दफा ४४
विवरण पेश गर्नु पर्ने
(१) विदेशबाट सवारी पैठारी गर्ने फर्म, कम्पनी वा एजेण्टले आफूले पैठारी गरेको प्रत्येक सवारीको मोडेल, इन्जिन नम्बर, चेसिस नम्बर तथा त्यस्तो सवारीको किसिम र निर्माताको नाम समेत उल्लेख गरी त्यस्तो सवारीहरू मध्ये कुन सवारी कसलाई कहिले बिक्री गरेको र आफूले पैठारी गरी बाँकी रहेको सवारी मध्ये कति सवारी मौज्दात रहेको छ भन्ने समेत खुलाई प्रत्येक महीना अधिकार प्राप्त अधिकारी समक्ष विवरण पेश गर्नु पर्छ ।
(२) अधिकार प्राप्त अधिकारीले विदेशबाट सवारी पैठारी गरी बिक्री वितरण गर्ने फर्म, कम्पनी वा एजेन्टबाट उपदफा (१) मा लेखिएको विवरणहरूको अतिरिक्त सवारी पैठारी तथा बिक्री वितरण सम्बन्धी अन्य कुनै आवश्यक विवरण तथा कागजात माग्न सक्नेछ । त्यसरी मागिएको विवरण तथा कागजात तुरून्त उपलव्ध गराउने कर्तव्य त्यस्तो फर्म, कम्पनी वा एजेन्टको हुनेछ ।